नेपालमा पछिल्लो २४ घण्टा यता कति संक्रमित र कति कोरोनामुक्त ?

२६ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ।

आइतबार ५१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ पुगेकोछ।

हाल देशभर ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]