भरतपुर खानेपानी व्यवस्थापन बोर्डको दुई करोड भन्दा बढी बक्यौता उठ्न बाँकी

२६ पुस, भरतपुर। भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को असारसम्मा रु एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो । चालु आव २०७७/७८ को साँढे पाँच महिनामा रु एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो । पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको उहाँले बताउनुभयो । नतिर्नेलाई पटक–पटक पत्राचार गरिराखिएको उहाँले बताउनुभयो । रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ, जति गरे पनि नतिरेमा अन्तिममा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उहाँको भनाइ छ ।

बोर्डको कार्यक्षेत्र समग्र महानगर हो । तर, बोर्डले भरतपुरको १ देखि १६ सम्म र २२ नं वडामा खानेपानी सुविधा पु¥याएको छ । वडा नं १७ देखि २१ र २३ देखि २९ सम्मका कुनै ठाउँमा उपभोक्ता समितिमार्फत खानेपानी पुगेका छन् भने कुनै ठाउँमा पुगेका छैनन् । बोर्डले सबै ठाउँमा खानेपानी पु¥याउनका लागि काम गरिरहेको बराल बताउनुहुन्छ ।

यो आवमा दुई हजार नयाँ धारा जडान गरिएको उहाँले बताउनुभयो । हालसम्म बोर्डका ३० हजार ग्राहक छन्अ र्थात् ३० हजार धारा जडान गरिएका छन् । अब ग्रामीण भेगहरुमा खानेपानी पु¥याउन बाँकी रहेको बरालको भनाइ छ ।

[sidebar name="button post"]