बार्सिलोनाको प्रभावशाली जित

लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई–दुई गोलको सहयोगमा बार्सिलोनाले ला लिगामा सानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनालो १० खेलाडीमा सीमित भएको ग्रानाडालाई ४–० ले पराजित गरेको हो ।

जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ३४ अंक भएको छ । १७ खेलबाट २४ अंकसहित ग्रानाडा सातौँ स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा सेभिल्लाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।

[sidebar name="button post"]