बुहारीलाई ४ वर्षदेखि पटक–पटक बलात्कार, ससुरा पक्राउ

२४ पुस, स्याङ्जा । स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ । २१ वर्षीय बुहारीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका ससुरा पक्राउ परेका हुन् । ससुराले मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा घरमा नै पटक–पटक बलात्कार गर्दै आईरहेको आरोप बुहारीले लगाएकी हुन् ।

थप अनुसन्धान गर्न स्याङ्जा जिल्ला अदालतबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिएको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]