Ad #144479

एजेन्सी । एक बोतल पानीलाई कतिसम्म पर्ला रु हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । यही पानी एक बोतलको एक करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

तर नपत्याएर सुखै छैन । अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड रुपैयाँ पर्छ । तर, करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो भने छैन । पानी किन्नका लागि पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ । त्यसपछि बल्ल कम्पनिले पानी उत्पादन गर्छ । र क्रेतालाई उपलब्ध गराउँछ ।

यो पानी सायद खानको लागि नभएर लक्जरी कलेक्सनको लागि हो । यो पानी महंगो हुनुको अर्काे कुरा भनेको बोतलमा बिर्काे सुनको बनाईएको छ। बोतलमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २ सय ५० वटा कालो हिरा जडित छन् । हरेक बोतलका लागि कम्पनीले फ्क फरक खोल बनाएको छ ।

अमेरिकी पानी ब्यपारी मार्टिन रैजको पानी बिकाउने कलालाई प्रसिद्ध कालिगढ मारियो पडिल्लाले बोतलको डिजायन गरेर साकार बनाएको कम्पनिले उल्लेख गरेको छ । ‘लस एन्जल्स’को पहाडी इलाका ‘बेवर्ली हिल्स्’को माथील्लो सतहको झरनाबाट विशेष प्रविधिबाट संकलन गरिएको शुद्ध पानीलाई संसारको जुनसुकै कुनाबाट ‘अर्डर’ गर्न सकिने छ कम्पनिले जनाएको छ ।