Ad #144479

एजेन्सी। हिन्दु संस्कारमा तामालाई पवित्र धातु रुपमा मानिन्छ । पुजापाठदेखि हरेक काममा तामाको भाँडाको प्रयोग गरिन्छ ।

हामीकहाँ प्लाष्टिकको भाँडा, बोत्तलमा भण्डारण गरिएको पानी पिउने गरिएको छ । धेरैजसोको भान्सामा पानी राख्ने भाँडो पनि प्लाष्टिककै हुने गर्छ । तर, प्लाष्टिकको भाँडामा भण्डारण गरिएको पानी विषाक्त हुने कुरा पुष्टि भइसकेको छ ।

तामाको भाँडामा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया पनि नष्ट गर्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस पनि तामामा लामो समयसम्म बाच्न नसक्ने वैज्ञानिकहरुले बताउदै आइरहेका छन् । वैज्ञानिकहरुले प्लाष्टिकका भाँडामा भन्दा तामा कै भाँडामा पानी पिउनु राम्रो हुने पनि बताएका छन् ।

तामाको भाँडामा ८ घण्टा राखीएको पानी पिउँनु राम्रो मानिएको छ । तामाको भाँडामा राखिएको पानी पिउदा रगतको विकार हुने समस्या हट्ने गर्दछ । तामामा एन्टी इन्फ्लेमेटरी हुने भएकाले यसमा राखिएको पानीले जोर्नी दुख्ने समस्या पनि हट्छ ।

रक्ताल्पता
शरीरमा रगतको कमी हुँदा थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षण देखापर्छन् । तामाको भाँडोमा पानी पिउँदा फाइदा हुन्छ । तामाले शरीरमा कोषिका निर्माण गर्छ र रगतको कमी पूरा गर्छ ।

मिर्गौला र कलेजो
शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहायता गर्छ । यसले मिर्गौला र कलेजोलाई स्वस्थ राख्छ । तिनीहरूलाई संक्रमणबाट बचाउनका लागि तामाको पानी लाभदायक हुन्छ ।

थाइरोइड ग्रन्थि
तामामा खनिज पदार्थ भरपूर हुन्छ । यसले थाइरोइड भगाउँछ । थाइरोइड ग्रन्थिलाई सही कार्यान्वयन गराउन तामाले मद्दत गर्छ ।

घाउ भर्न
तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ । यसले घाउ छिट्टो भरिन्छ । तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ ।

क्यान्सर कम
शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् । तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् ।

मेलेनिन वृद्धि
तामाले मेलेनिनको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेलेनिनले नै आँखा, छाला र कपालको रंग दिने हो । शरीरलाई सूर्यको कडा किरणबाट बचाउन र घाउ निको पार्न मेलेनिन आवश्यक हुन्छ ।

स्मरणशक्ति बलियो
तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ । दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।