आज मिति वि.सं. २०७७ साल पौष २३ गते । बिहीबार । इ.स.२०२१ जनवरी ०७ तारिक । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष । आज काठमाण्डौमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर २२ मिनेटमा ।
आजको तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
माया प्रेममा नजिक हुने समय रहेको छ । आर्थिक स्थिती मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगती हुने हुँदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
मनोरञ्जनमा अलमलिंदा लक्ष्य प्राप्तीमा बिलम्ब हुने छ । आफन्त तथा साथभाईहरु सँग बिवाद बढ्ने छ । सत्रुहरु लाग्नेछन् भने न्यायिक निर्णयहरु तपाईंको बिपक्षमा फैसला हुनेछन् । नाँफा मुलक व्यावसायमा खासै फाईदा नभए पनि सेवामुलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । माया प्रेममा नजिक भएपनि बिवाद हुने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ। भौतिक सम्पतीहरु लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ। सन्तान तथा छोराछोरिको प्रगती देख्न पाईनेछ । व्यापार व्यावसायमा लगानि गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
घर जग्गा तथा पैत्रिक सम्पतिमा बिवाद बढ्ने ग्रहयोग रहेकोे छ। सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा तपाईंको प्रभाव कमजोर भएर जाने छ । व्यापार व्यावासायमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
गन्तब्य बिहिन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्ने छ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ। बालिको माध्ययमबाट राम्रा तथा परिणामूखी काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाईलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
अध्ययनमा सुधार भएर जाने छ। परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ वातावरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
लामो दुरिको विदेश यात्राको तय हुने छ। बिदेशी सामानको व्यापार व्यावसाय बढेर जाने छ । कर्म क्षेत्रमा आउने बिवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागी अली बढि मेहनेत गर्नुपर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
भौतिक सम्पतिहरु जुट्ने छन्। उपाहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
व्यापारमा लगानी गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग सल्लाह गर्नुहोला समय मध्ययम रहेकोछ । सरकारी सेवामा बसेर सेवा प्रबाह गर्नेहरुले तपाईंको काम समयमा नगरि दिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । तरपनि बिद्यार्थीहरुले पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्नेछन् भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सफलतापुर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिने छ । साथिभाई तथा आफन्तका साथ रमाईलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउने छ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपश्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिने छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
राशिफलले जे जस्तो भनेपनि आजको तपाईँको दिन शुभ रहोस् ।












