Ad #144479

२१ पुष, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका ३० जना एसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकले मंगलबार ३० जना एसपीको सरुवा गरेका हुन् ।

सरुवा भएका एसपीमा झापाको प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न सानुराम भट्टराई गएका छन् । झापाका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, टेकु काठमाडौं सरुवा भएका छन् ।

यस्तै पछिल्लो समय बढी विवादमा आइरहने जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको एसपीमा उमाप्रसाद चतुर्वेदी सरुवा भएका छन् । यस्तै बारामा दिपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, पर्सामा बेलबहादुर पाण्डे, काभ्रेमा भुपेन्द्रबहादुर खत्री, धादिङमा महेन्द्र खड्का, बाग्लुङमा लोकेन्द्र श्रेष्ठ, रौतहटमा सिद्धिविक्रम शाह र मकवानपुरमा सोमेन्द्रसिंह राठौर सरुवा भएर गएका छन् ।

प्रहरी प्रधान कार्यालयले सरुवा गरेका एसपीको पूरा विवरण यसप्रकार छ :