२१ पुष, काठमाडौं । काठमाडौंको वायु प्रदूषण घट्न थालेको छ । मंगलबार साँझ सोमबारको भन्दा आधा प्रदुषण घटेको देखिएको हो । सोमबारदेखि मंगलबार अपरान्हसम्म काठमाडौंको वायु प्रदूषणले खतराको तह पार गरेको थियो।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स एक्वुआईमा मापन गरिन्छ। सोमबारदेखि मंगलबार अपरान्हसम्म काठमाडौंको वायु प्रदूषण तीन सय एक्वुआईमाथि नै थियो। अपरान्हपछि आकाश खुल्दै गएकाले प्रदूषण कम हुँदे गएको विज्ञहरुको भनाई छ ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ थियो। तर मंगलबार यो इन्डेक्स २०० बराबर छ ।
एक्वुआई ५० हुनु राम्रो मानिन्छ। ० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।












