हरेक अभिभावकहरूले आफ्नो सन्तानको खुसीका लागि कैयौं त्यागहरू गरिरहेकै हुन्छन् । चाहे तीतो ठुलो होस् वा सानो नै किन नहोस।आफ्नो सन्तानलाई खुसी राख्न उनीहरूका हरेक हठहरुलाई पुरा गर्दछन् । तर अभिभावकको यहि त्यागलाई लिएर बच्चाहरू जिद्दी हुने गर्दछन।
उनीहरूको यहि जिद्दीपन पछि गएर स्वभाव बनिदिन्छ र बच्चाहरू अभिभावकको नियन्त्रणमा आउँदैनन्।
बच्चाहरुको हठ अर्थात जिद्दी सुधार्ने केहि उपाय:
१.बच्चाहरुलाई कराउने / पिट्ने गर्नु हुँदैन। कैयौं पटक अभिभावकहरू सन्तानको जिद्दीलाई पुरा गर्न नचाहे वा नसके उनीहरूलाई कराउने र पिट्ने गर्दछन् । तर कराउँदा वा पिट्दा उनीहरूको हठ केहिबेर शान्त त होला तर यसमा सुधारमा भने आउन सक्दैन।
कराउने/पिट्ने गर्नाले बालबालिकको मानसिकतामा असर पर्दछ । साथै कतिपय अवस्थामा डिप्रेशन समेत हुनसक्छ । जसले गर्दा उनीहरूको मनोबल घट्ने गर्दछ र कुनै पनि काम गर्नु पुर्व उनीहरू डराउने गर्दछन् । तसर्थ बालबालिकाको हठ पुरा गर्न नचाहादाँँ उनीहरूलाई कराउनुको सट्टा सम्झाउने गर्नुहोस् ।
२. बालबच्चाहरुको हरेक हठलाई पुरा गर्ने नगर्नुहोस्। यदि तपाईंको बच्चा कुनै हठ गर्छ भने त्यसलाई तत्काल पुरा नगर्नुहोस् । जस्तै खाना खाए लगत्तै बच्चाले चकलेट वा कुनै सामाग्री मागेमा उसको डिमाण्डलाई बेवास्ता गर्नुहोस् ।यसो गर्नाले बच्चाले बिस्तारै बिस्तारै आफ्नो माग भुलेर जान्छ।
३.कतिपय बच्चाहरू नकराउने वा नपिट्ने अभिभावकको रिस वा सुझावलाई ठट्टामा लिने गर्दछन् । यदि यस्तो भएम वा तपाईंलाई बच्चाले धेरै दुखः दिएमा यसलाई वेवास्ता गर्नुहोस् । तर यदि उसमा सुधार नआएमा चेतावनी दिनुहोस् ।
४. यदि बच्चाले कुनै कुरामा जिद्दि गरिरहेको छ भने त्यसको सट्टामा अर्काे कुनै वस्तुमा भुलाउने प्रयास गर्नुहोस् । मानौं तपाईंको बच्चाले नयाँ खेलौना मागिरहेको छ भने उसलाई पुरानो खेलौना दिएर भुलाउने गर्नुहोस् । यो नियम हरेक उमेरको बच्चामा लागु हुने गर्दछ ।











