Ad #144479

अहिले जाडोको मौसम चलिरहेको छ । तपाईं यदि जाडो भगाउने बहानामा मदिरा सेवन गर्दै हुनुहुन्छ भने विचार गर्नुस् है । मदिरा स्वास्थ्यका लागि कति घातक र कति उपयोगी भन्ने आ–आफ्नै बुझाई छन्। मदिरा सेवन बारे समय–समयमा राम्रा नराम्रा कुराहरु पनि आइ राखेका छन्।

चिसो मौसममा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । शरीर तातो बनाउने भन्दै मद्यपान गर्नु निकै जोखिम हुने गर्छ । ‘यस्तो समयमा मद्यपान गरेर चिसो बाहिर धेरै हिँड्नाले शरीर चिसिने समस्या हाइपोथर्मिया हुनसक्छ। त्यसैले यो समयमा विचार गर्नु पर्छ ।’

जाडो मौसममा ९९.५ डिग्री फरेनहाइटभन्दा तल झरेको अवस्थामा शरीर चिसो हुने समस्या हुन्छ । यस्तो समयमा शरीरका हातखुट्टा मात्रै चिसो नभई श्वासप्रश्वासमा समेत समस्या देखिन्छ । त्यस्तै बेला मुटुको चाल बढ्न गई रक्तचाप अनियन्त्रित हुने गर्दछ । जसबाट व्यक्तिको मृत्युसमेत हुन सक्छ ।