एजेन्सी । भारतमा अनौठौ बच्चाको जन्म भएको छ । २४ वर्षीया महिलाले तीनवटा हात र चारवटा खुट्टा भएको बच्चाको जन्म दिएकी हुन् ।
उक्त बच्चाको जन्म भएपछि अस्पतालमा हेर्ने मानिसको भिड लागेको थियो । तिम्ल्याहा बच्चालाई जन्म दिएकी उनले दुईवटा हात र खुट्टा जोडिएको बच्चालाई जन्म दिएकी हुन् ।
बालक स्वस्थ छन् भने बालिकाको शल्यक्रिया गरेर बढी भएका हात र खुट्टा निकाल्ने बताइएको छ । राजस्थानको टोन्कमा बच्चालाई जन्म दिने २४ वर्षीया महिला राज गुरजरको अवस्था सामान्य छ ।
उनले बच्चा गर्भमा रहँदा डिकल जाँच नगरेका कारण जन्मेपछि मात्र तीनवटा बच्चा पेटमा थियो भन्ने पत्ता लागेको हो ।











