एजेन्सी । घरमा पालेको कुकुरलाई कतिसम्म माया गरिन्छ हुन्छन् । पछिल्लो समय घर पालुवा जवानारले पनि आत्महत्या गरेको खबर पनि सुनेका छौँ ।
कुकुरले आत्महत्या गर्ने गरेको खवर सुन्दा अच्चम्मित हुनु स्वभाविक हो । तर, स्कटल्यान्डको डन्बार्टन नजिकैको मिल्टन गाउँमा रहेको ओबरटन पुलमा पुगेको कुकुर फर्किएका छैनन् । पुलको छेउछाउ पुग्नेबितिक्कै कुकुर आत्महत्याका लागि उत्प्रेरित हुन्छन् र हाम्फाल्ने गर्छन् ।
त्यहाँ एउटा घटनको चर्चा हुन्छ । जसमा सन् १९९४ मा एक व्यक्तिले आफ्नो बच्चालाई यसै पुलबाट तल फालिदिएको थियो । उक्त बच्चा एन्टी क्राइस्ट थियो र केहि महिना पछी बच्चा फाल्ने व्यक्तिले समेत त्यहि पुलबाट हामफालेर आत्महत्या गरेको थियो ।
पुलमा एउटा यस्तो स्थान छ त्यहाँबाट बढी आत्महत्याको घटना भएको तथ्यांक छ । ५० फिट उचाईको पुलको एउटै ठाउँबाट सफा आकाश र घाम लागेको दिनमा ६ सय कुकुरले आत्महत्या गरेको छन् ।
हाम्फाल्ने कुकुरहरू सबै लामो नाक भएका प्रजातिका हुन् भने अत्यधिक सुँघ्ने शक्ति भएका कुकुरहरूले मात्र हामफाल्ने गरेको पाइएको छ । त्यहाँका मानिसहरूले उक्त पुलको नाम ‘द ब्रिज अफ डेथ’ राखेका छन् । त्यहाँ भूतप्रेत रहेको विश्वास गर्नेहरू पनि धेरै छन् ।











