Ad #144479

२१ पुष, काठमाडौं । के तपाईले सोमबार हिजो अनुमान गर्नुभयो दिनभरि काठमाडौं उपत्यकामा घाम किन लागेन ? तसो त कतिपयले सडकमा हिँड्दा आँखा पिरो-पिरो भएको अनुभव गरे । खासगरी साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको गुनासो पनि गरे । तर खासमा मौसममा आएको बदलीसँगै यसको कारण हो वायु प्रदूषण ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि पुष्टि गर्छ । सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स ‘एक्युआई’ ४०३ छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी थियो ।

वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो । २४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ ।