एजेन्सी । फोन चार्ज गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु अत्यन्तै महत्वपूर्ण छन् । मोबाइल मानिसको जीवनको अभिन्न अंग जस्तै बनेको छ । मोबाइल नभए दैनिक चलाउन नसकिने अवस्था आएको छ ।
मोबाइल चार्ज गर्दा विशेष ध्यान दिनुपर्छ । यसका लागि केही कुरामा ध्यान दिन जरुरी छ । मोबाइलको ब्याट्री नटिक्नु, ढिलो चार्ज हुनुजस्ता समस्या प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय बनिरहेको हुन्छ । अझ खासगरी इन्ड्रोइड फोन प्रयोगकर्ताका लागि ब्याट्री ढिलो चार्ज हुनु तथा नटिक्नु मुख्य समस्या बनिरहेको हुन्छ । मोबाइल चार्ज गर्दा विशेष ध्यान दिनुपर्छ
-
फोन चार्ज गर्दा फोनको प्रोटेक्टिभ कभर निकालेको राम्रो हो किनकी यसले ब्याट्रीको हिटलाई प्रभावित पार्छ ।
-
जुन कम्पनीको फोन हो त्यसकै मात्र चार्जर प्रयोग गर्नुहोस् । सक्कली चार्जर नभएकोमा त्यसकै ब्रान्डको अरु चार्जर प्रयोग गर्दा पनि हुन्छ ।
-
डाटा केबलले सकेसम्म चार्ज गर्नुहुँदैन । यसको प्रयोगले मोबाइल तात्ने र ब्याट्री चाँडै बिग्रिने हुन्छ ।
-
रातभर चार्ज गरेर छोड्नु हुँदैन । यो गर्दा ओभरचार्जिङका कारण ब्याट्री फुल्ने र बिग्रने हुन्छ ।
-
फोन एकपटक चार्ज गर्दा ८० प्रतिशत भएपछि मात्र निकाल्नुपर्छ । सकेसम्म ब्याट्रीलाई १०० प्रतिशत चार्ज नगर्नुहोस् । यसले ब्याट्रीको चार्जिङ क्षमता घटाउँछ ।











