२० पुष, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा मेचीनगर- का मुनादेवी राई र बद्रीहाङ राईलाई ९ एमएमको पेस्तोलको गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो । मुनादेवी श्रीमान अवकास प्राप्त सईको श्रीमती रहेको जनाइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












