Ad #144479

एजेन्सी। स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो । तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् ।

नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने ।

नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् । यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् ।

कान दुखेमा
नीमको पातको रस मनतातो पारेर कानमा ३\४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।

आँखा दुखेमा
नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३\४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।

आँखा धमिलो र फूलोमा
नीमको फूलको गाजल गाइको घ्यूमा बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।

रतन्धो भएमा
नीमको तेल आँखामा लगाउने र हरियो ८\१० पात खाली पेटमा ३ दिनसम्म खानाले ठीक हुँदै जान्छ ।

दाँतको रोगमा
नीमको फूलको काँढा पकाएर बिहान\बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।

दमको रोगमा
नीमको तेल १० थोपा सादापानमा हालेर बिहान\बेलुका खाने गरेमा दम ठीक हुन्छ ।

झाडा लागेमा
नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ ।

औलोको ज्वरोमा
नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान\बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।

कपाल दुखेकोमा
नीमको ताजा पातको रस निकालेर २\२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।