एजेन्सी । जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ ।
जोर्नी दुख्ने विभिन्न कारणहरु हुन सक्छन् । जस्तैः बोन फ्लुइड वा मेम्बे्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा भित्रभित्रै कुनै रोगको संक्रमण बढ्नु, हड्डीको क्यान्सर, आर्थाइटिस, मोटोपना, ब्लड क्यान्सर आदि ।
यस्तै उमेर बढ्दै जाँदा जोर्नी बीचको कार्टिलेज कुसन लचिलो र चिल्लो बनाइराख्ने लुब्रिकेन्ट्स कम हुने, लिगामेन्टको लम्बाई र लचिलोपना कम हुने आदि समस्याले पनि जोर्नी दुख्छ ।
हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ ।
-
सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ ।
-
मदिरा र धुम्रपानको सेवनले समेत जोर्नीलाई नोक्सान पुग्छ ।
-
शरीरलाई बढि मात्रामा आरामदायी जीवनशैलीमा राख्नु हुदैँन । शरीरमा बल पर्ने काम र श्रममा लगाउनु पर्दछ ।
-
नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ ।
-
नियमित रुपमा ताजा फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्दछ । साथै जाडोमा अदुवा र बेसारको सेवन गर्नु पर्दछ ।











