एजेन्सी । एकान्तमा आफ्नै विचारहरूसँग हराउँदा आत्मविश्वास पनि बढ्छ भने यसले आफ्ना सीमाहरू तय गर्न पनि मद्दत गर्छ। साथै यसले उत्पादनशीलता र सिर्जनशीलता पनि बढाउँछ।
मानिस सामाजिक प्राणी हो । यसकारण पनि ऊ एक्लै जिन्दगी बाँच्न सक्दैन । मानिसँग घुलमिल, बातचीत, घुमघाम यी सबै मानिसलाई एक्लोपनबाट टाढा राख्ने माध्यम हुन्, जुन जरुरी पनि छ । तर, यसको विपरित यदि कोही एक्लै हुन्छ, भेटघाटमा सरिक हुँदैन, अरु मानिसँग समय व्यतित गर्न रुचाउँदैन भने यसलाई एक समस्याका रुपमा लिन सकिन्छ ।
एक्लोपन भन्नासाथ धेरैको मनमा नकारात्मक विचार आउँछ। एक्लो हुनुलाई समस्याको रूपमा लिइन्छ। तर, विज्ञहरू भन्छन्, एक्लोपना उपयोग गर्न जाने धेरै फाइदा हुन सक्छ। यसले सामाजिक सम्बन्ध राम्रो बनाउनेदेखि सिर्जनशीलता र आत्मविश्वास बढाउनेसम्ममा फाइदा गर्छ।
के साँच्चिकै एक्लोपन खतरनाक हुन्छ
धेरैजसो मान्छेले यसको जवाफमा ‘नो’ भन्न रुचाउँछन् ।ऐतिहासिकरूपमा एक्लोपनाको गलत प्रयोग गरिएको छ ।उनीहरू पार्टी, समारोहमा जानुपर्दा अप्ठ्यारो महसुस गर्छन् । सकभर अरुबाट भेटघाट हुनदेखि बच्न चाहान्छन् । यस्ता धेरै मान्छे, जसले आफू एक्लै रहने घोषणा गर्छन् । एक्लै रहँदा तपाईं आफैंमा केन्द्रित बन्न सक्नुहुन्छ । आफ्नो क्रियटिभिटी पनि बढ्छ । मान्छेसँग भेटेर बाहियात कुरा गर्नुभन्दा एक्लै रहनु धेरै राम्रो कुरा हो ।











