Ad #144479

एजेन्सी। हाम्रो भान्साको अनिवार्य आवश्यक्ता हो, बेसार । दाल–तरकारीमा बेसार नभई हुन्न । हामीलाई लाग्न सक्छ, बेसार प्रयोग गरिएन भने दाल–तरकारीको रंग फिका हुन्छ ।

हेर्दा स्वादिलो देखाउनका लागि बेसार प्रयोग गरिन्छ । जबकी बेसार रंगको लागि मात्र होइन, स्वादको लागि पनि हो । महत्वपूर्ण कुरा त के भने, बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन औषधिय खुराक पनि हो यो ।

बेसार हाम्रो समाजमा यति प्रसिद्ध छ कि हाम्रो आँखाले बेसार बिनाको तरकारी वा अचार हेर्न रुचाउँदैन। त्यसैले हामी रुघा-खोकी हुँदा विशेष गरी जाडो याममा १-२ चम्चा बेसार दूधसँग खाने गर्दछौँ। यसले रगत सफा गर्ने अनि छाला सम्बन्धी रोगको निदान गर्ने विश्वास गरिन्छ।

के पाइन्छ बेसारमा ?
बेसारमा हुने ‘कुरकुरमिन’ नामक जैविक रसायनका कारण बेसार पहेंलो देखिएको हो । यसको रसायनमा विभिन्न औषधिय तत्व पाइन्छ । बेसारमा हाम्रो शरीरका लागि आवश्यक हुने भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम तत्व पाइन्छ ।

फाइदा

  • बेसारको प्रयोगले हाम्रो शरीरको रगत पनि सफा हुन्छ ।
  • तर, बेसारले राम्रो गर्छ भन्दैमा यसको प्रयोग धेरै गर्नुहुँदैन । आर्युवेद विशेषज्ञहरुले बेसार ३ देखि ५ ग्राममात्र प्रयोग गर्न सुझाव दिएका छन् ।
  • यदि कसैलाई लामो समयसम्म शरीर दुखिरहेको छ र शरीरको कुनै पनि भागमा चोट लागेको छ भने उसलाई बेसार हालेको दुध खान दिनुपर्छ ।
  • मधुमेह वा डायबेटिज भएकाहरुका लागि बेसार निकै लाभकारी छ । यसका लागि एक चम्चा अमलाको रस, एक चम्चा बेसार मिलाएर पिउन सकिन्छ ।
  • घाँटी खसखसाउँदा, रुघा लाग्दा यसले निकै फाइदा पुग्छ । यतिमात्र होइन, बेसार, एलेभेरा र काँचो दुध मिलाएर बनाएको लेप अनुहारमा लगाउँदा पनि छालामा चमक आउँछ ।
  • मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।
  • सारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।
  • कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।
  • दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।