एजेन्सी । रक्सी पिए पछि मानिसलाई त्यसको मात लाग्छ । तर, एक महिलाले पपिउँदा पनि उनको शरीरबाट आँफै रक्सी उत्पादन भएको छ । यसको एउटा कारण छ । उनको जाँच गर्दा रगतमा चारगुणा बढी अल्कोहलको मात्रा देखाएको थियो ।
अमेरिकामा एक महिलाले रक्सी नपिउँदा पनि जतिबेला नशामा नै रहन्छिन् । यी महिलालाई धेरै पटक रक्सी पिएर ड्राइभिङ गरेको आरोपमा ट्राफिकले पक्रिएको छ ।
आटो ब्रीवरी सिंड्रोम यो एक प्रकारको रोग हो । जुले मानिसको शरीरमा आफै अल्कोहल उत्पादन गराउँछ । यो रोगमा जब गैस्ट्रोइंटेस्टिनल इस्ट सामान्य खानाबाट पाउने कार्बोहाइड्रेट एथेनलमा बदलिन्छ त्यसपछि शरीरमा रक्सीको मात्रा बढ्न थाल्छ ।
यो रोग लागेका मानिसलाई ०.०३ र ०.०४ अल्कोहलको लेवल सामान्य लागेपनि अन्य सामान्य व्यक्ति भने यो स्थितीमा मर्न पनि सक्छन् । यस्तो दुर्लभ रोग गैस्ट्रोइंटेस्टिनल थीस्ट सामान्य खानाबाट प्राप्त हुने कार्बोहाइड्रेट एथेनाँलमा परिर्वतन हुँदा लाग्छ ।











