Ad #144479

एजेन्सी । मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । तर कतिपयलाई मधुमेह भएपछि के खान हुन्छ र के खान हुँदैन भन्ने थाहा छैन । हामीले यहाँ विज्ञलाई सोधेर मधुमेहका विरामीले के गर्न हुन्छ।

मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसा लगायत शरीरका विभिन्न अंगमा पनि थप समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । विश्वमा ४० वर्षमाथिका चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको पछिल्ला अध्ययनहरुले देखाएका छन् ।

हाइपरग्लाइसेमिया अथवा रगतमा सुगरको मात्रा बढ्नु नै मधुमेहको मुख्य कारण हो ।  मधुमेह भएका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिन नसके त्यसले उनीहरुको आँखा, मुटु, किड्नी, नशा लगायत शरीरका विभिन्न अंगलाई असर पार्न सक्छ । यसबाट बच्न मधुमेहका विरामीले  आˆना खानपानमा ध्यान दिनु निकै आवश्यक हुन्छ ।

चामलको खानामा गाजर, प्याज, केराउ, साग–सब्जी मिलाएर खानु राम्रो हुन्छ । यसो गर्नाले चामलमा पोषणको मात्रा बढ्छ । विज्ञ भन्छन्, सुगरका बिरामीलाई कुन खानेकुरामा ब्लड सुगर बढाउने तत्व बढी हुन्छ भन्ने कुराको राम्रो जानकारी हुनु आवश्यक छ ।