पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

१८ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय २९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ४ सय २९ जना कोरोना संक्रमण देखिएका मध्य धनुषामा ३ र रौतहटमा ३, काठमाडौंमा १ सय ७५, ललितपुरमा २७, भक्तपुरमा ६, काभ्रेमा ३, चितवनमा २०, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ४,  मकवानपुरमा ७, रसुवामा १, रामेछापमा १ र सिन्धुली १, कास्कीमा ५४, तनहुँमा ४, नवलपरासीमा पूर्वमा ४, लमजुङमा २, बागलुङमा ६ र स्याङजामा १३, अर्घाखाँचीमा ३, गुल्मीमा ४, दाङमा २, नवलपरासीमा ४, पाल्पामा ७, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा १७, अछाममा २, कञ्चनपुरमा १०, कैलालीमा ४५ र बझाङमा ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८५७  पुगेको छ भने  योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५ हजार ७ सय ११ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६७ जना क्वारेन्टिनमा छन्।

[sidebar name="button post"]