पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साहको गाडी

१८ पुस, सर्लाही ।  सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य छ ।

रौतहटबाट काठमाडौं हिँडेको सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएको पत्ता लागेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिएका छन् ।

ठक्करबाट घाइते भएका तामाङको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।

[sidebar name="button post"]