के तपाईंलाई धेरै तिर्खा लाग्छ, यी रोग हुनसक्छ

काठमाडौं । हामीले सधैं सुनिरहेको कुरा हो । हामी पर्याप्त पानी पिइरहेका छैनौं । राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

पानी मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण तत्वमध्येको एक हो । पानीबिना जीवनको कल्पनासम्म पनि गर्न सकिदैँन । मानिसको शरीर पनि ७२ प्रतिशत पानीले नै बनेको हुन्छ ।

तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं।

हाम्रो शरीरमा पानीको कमी हुनेबित्तिकै हामीलाई प्यास लाग्‍न थाल्छ । यो एक सामान्य प्रक्रिया नै हो । धेरै काम गरेपछि, थकाई लागेको बेला वा गर्मीका बेला शरीरले बढी नै पानीको माग गर्दछ । तर तपाईंलाई पानी पिएर पनि प्यास नमेटिने वा असामान्य तरिकाले बारम्बार प्यास लागिरहने गर्छ भने त्यो एकप्रकारको रोग हुन सक्छ ।

यसका लक्षणहरु केके हुन् ? पानी पिउन मन लागिरहनु पानी पिइरहे पनि प्यास नमेटिनु तिर्खाले मुख सुक्नु मुखबाट निस्कने थुक बाक्लिनु

शरीरमा पानीको कमी हुँदा टाउको दुख्नु पसिना कम आउनु पिसाब कम लाग्‍नु आँखाबाट आँसु कम आउनु वा नआउनु कमजोर महसुस हुनु मांशपेशी दुख्‍नु

[sidebar name="button post"]