आज मिति वि.सं. २०७७ साल पौष १८ गते । शनिबार । इ.स.२०२१ जनवरी ०२ तारिक । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेटमा,सूर्यास्त १७ बजेर १९ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
आमा तथा आफन्तसँग साना साना कुरामा राय बाजिने छ। साथिभाईसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । घर जग्गाको कारेबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । प्रेममा अबिश्वास बढ्ने योग रहेको छ । तरपनि कृषि तथा सहकारी पेशा व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईँको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्तिहरुसँग बिवाद बढ्ने योग रहेकोछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
आफन्त साथिभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यावसाय फस्टाएर जानेछ। थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नी बीच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
व्यापारमा समय दिए अनुसार आम्दानी नहुने हुनाले दैनिक काम तथा थप लगानी गर्ने वातावरण बन्ने छैन । अध्ययन अध्यापनमा अल्छी गर्नाले नतिजा अरुतिर नै जानेछ । राजनीति तथा सरकारी कामकजमा ढिला शुस्तिको चपेटामा परिने योग रहेकोछ । जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि हुने भएपनि काम गर्नको लागि कसैको सहयोग पाईने छैन । आम्दानीको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
लामो दुरिको यात्रा हुनेछ। यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पत ीतथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ। सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षती हुने योग रहेकोछ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाइ लेखाइमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उचित हुनेछ । तरपनि पैत्रिक धन सम्पतीको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
व्यापारमा नाँफा कमाउन बढि नै समय दिनु पर्नेछ भने नोकरीमा बिशिष्ट व्याक्तित्वहरुसँग विवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनाबस्यक शंका गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईँको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनी गरी मनग्गे धन सम्पती संग्रह गर्न सकिनेछ । बिगतका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाईला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा विलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा बित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईँको आजको दिन शुभ रहोस् ।











