Ad #144479

शरीर स्वस्थ राख्न तथा स्फुर्तिका लागि सरसफाइ पनि महत्वपूर्ण हुन्छ । सरसफाइमा सामान्य रुपमा हात खुट्टा धुनेभन्दा पनि नुहाउने कार्य विशेष रहन्छ ।

तपाईंलाई लाग्न पनि सक्छ, नुहाने कुरामा न हो जति बेला नुहाए पनि हुन्छ । तर त्यसो होइन कुन समय नुहाउने भन्ने विषयले पनि महत्व राख्दछ । अधिकांश मानिस बिहान नुहाउन मन पराउँछन् । त्यसैगरी केहीले बेलुकाको समय नुहानु राम्रो हुने तर्क पनि गर्ने गर्छन् ।

जो मानिस फुर्सदिला छन् उनीहरुका लागि दिउँसो फुर्सदमा आनन्दले नुहाउनु अर्को मज्जाको कुरा होला ।तर धेरै पटक नुहाउनबाट बच्नुहोस् । धेरै नुहाउँदा तपाईंको शरिरको गुड ब्याक्टेरिया जसले तपाईंको रक्षा गर्दछ नष्ट हुनसक्छन् र तपाईंको छाला संक्रमण हुने आशंका बढ्ने गर्दछ ।

तर साँच्चै भन्ने हो भने कुन समय नुहाउँदा चाहिँ उत्तम हो त हाम्रो शरीर र स्वास्थ्यका लागि ? नुहाउने समय जस्तै तपाईंको छालाको प्रकार, तपाईंको कामको प्रकार र तपाईं कति प्रदुषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ भन्ने स्थितीमा निर्भर हुन्छ । नुहाउने सही तरिकालाई कसरी छान्नुहुन्छ ?

के तपाईंको छाला चिल्लो छ ?

विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरुले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।

दाह्री बिहान काट्ने गर्नुहुन्छ ?

पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण पुरुषले बिहान दाह्री काट्छन् भने उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।

चाँडै उठ्ने बानी छ ?

यदि तपाईंको बिहान चाँडै उठ्ने बानी छ भने बिहान नै नुहाउँदा राम्रो हुन्छ । बिहानै नुहाउँनाले दिनभर स्फूर्ति मिल्छ।

राति धेरै पसिना आउँछ ?

यदि राती धेरै पसिना आउँछ उसले बिहान नुहाउँदा राम्रो हुन्छ । तर जसले राती सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरुले बिहान नुहाउन आवश्यक छैन ।

राति नुहाउने बानि छ ?

धेरै मानिस राति सुत्नुअघि नुहाउने बानि हुन्छ। राति नुहाउन उनीहरुलाई आरामदायी र सजिलो लाग्छ । अनुसन्धानका अनुसार राति नुहाउनुको अर्थ तपाईंको शरिरको तापक्रममा परिवर्तन हुनसक्छ । राति नुहाउँदा निन्द्रा कम लाग्न सक्छ । राति नुहाउने बानि छ भने सुत्नुभन्दा दुई घण्टाअघि नुहाउनुहोस् ।

यदि धुँवा धुलोमा काम गर्नु हुन्छ ?

यदि तपाईं अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाईं लगातार धुलो, प्रदुषण वा किटाणु आदिको सम्पर्कमा रहनुहुन्छ । त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ ।त्यसैले नुहाउने निर्णय आफ्नो शरिर वा दिनचर्याको हिसाबले गर्नुहोस् ।