एजेन्सी। दुनियाँमा गजबका घटना सुन्न पाइन्छ । मानिसहरु पनि गजबकै हुन्छन् । हरेक जाति, समुदाय र वर्गाका मानिसहरुले आफ्नो रीति रिवाज र परम्परा छन् । दक्षिण अफ्रिकामा गजबको विवाह भएको छ ।
६१ वर्षकी शाबानगुले ८ वर्षका सानेले मैसिलेलाबीच विवाह सम्पन्न भएको छ । कमालको कुरा चाँही महिलाको ५ बच्चाहरु पनि छन् । तर पनि यो विवाह कानुनी हिसाबले मात्र नभएर पारम्परिक तरिकाले सम्पन्न भएको हो ।
पहिलो पटक यस्तो विवाह देखेका मानिसहरु हजुरआमा र नाति देखिन्छन् । शाबानगु र मैसिलेलाको विवाह दक्षिण अफ्रिकाको श्वान मा भएको हो । यो विवाहमा एक हजार डलर खर्च भएको छ ।
नाति मैसिलेलाको विवाह नगरेमा हजुरआमाले परिवारमा केहि न केही नराम्रो हुने भनेकाले पनि बाध्य भएर आफ्नो ८ वर्षका छोराको विवाह गराउनु परेको मैसिलेलाको आमाले बताएकी छिन् ।











