एजेन्सी। हरेक भौतिक चिजको नदेखिने अर्को पाटो हुन्छ। शरीरको आत्मा हुन्छ। आयु भौतिक मात्र छैन, त्यससँगै जिन्दगीका अनुभवहरू पनि जोडिएका छन्। आँखाहरू सँगसँगै सपना पनि त छन् ।
घरका वृद्धवृद्धा मानिस हरेक शब्दमा रामनाम जपेर बस्छन् । यसैबीच एउटा यस्तो पनि स्थान छ जहाँका मानिसको शरीरभर नै रामनाम लेखिएको हुन्छ । तर उनीहरु मन्दिर गएर मूर्ति भने पूज्दैनन् ।
भारतको छत्तिसगढस्थित रामनामी सम्प्रदायले यस्तो गर्ने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यो समूदायको स्थापना १८९० को आसपासमा भएको थियो । यो करिव सैकडौँ वर्ष यता यो परम्परा चलिरहेको छ ।












