प्रायः ११ देखि १४ वर्षमा महिनावारी सुरु हुन्छ । प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ । सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनेगर्छ ।तर कहिले धेरै छिटो त कहिले धेरै ढिलो अथवा लगातार रक्तश्राव हुनुलाई अनियमित भनिन्छ ।
महिनावारी गडबडी विभिन्न कारणले हुने गर्छ । महिनावारी गडबडी हुनुमा हार्माेनल कारण जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ।
कुनै किशोरीहरुलाई महिनावारी सुरु हुँदा १–२ महिनासम्म पनि महिनावारी नहुन सक्छ। तर विस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ। किशोरावस्थामा मेच्युरिटी नपुगेर पनि नहुने हुन्छ । ब्रेनदेखि ओभरीसम्मको कन्ट्रोल गर्ने मेकानिजम मेच्योर नहुञ्जेल महिनावारी नियमित हुँदैन ।
आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ जसले महिनावारीमा गडबडी आउँछ। महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने जस्ता समस्या देखा पर्छन्।
तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हर्मोनल इम्ब्यालेसन्स’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ । चाडपर्वका बेला महिनावारीलाई पर सार्नुप-यो भन्दै खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ। गर्भनिरोधक चक्कीले गर्दा पनि यस्तो समस्या आउन सक्छ । त्यस्तै तीन महिने सुइले पनि महिनावारी गडबड हुन सक्छ। सामान्यतय महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।
महिनावारी गडबड हुनुबाट कसरी जोगिने ?
पोषिलो खानेकुरा खाने ,साथै प्रदुषित वातावरणबाट जोगिने
सम्बन्धित विशेषज्ञसंग चेकजांच गराउने
शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गराउने
नियमित व्यायाम गर्ने
अनावश्यक तौल बढ्न नदिने
गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खाने
महिनावारी नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि सेवन नगर्ने











