Ad #144479

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड एल्चीसँग १–१ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा २० औँ मिनेटमा लुका मोड्रिचको गोलबाट जिनेदिन जिदानको टिम रियल मड्रिडले अग्रता लियो ।

तर ५२ औँ मिनेटमा पाएको पेनाल्टीमा चाभेस डे ला टोरेले एल्चीका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन ।शीर्ष स्थानको एथ्लेटिको मड्रिडले दुई खेल कम खेले पनि ३५ अंक बनाएको छ । रियल मड्रिडलाई बराबरीमा रोकेको एल्ची १४ खेलबाट १६ अंकसहित १५ औँ स्थानमा पुगेको छ ।