१६ पुस, इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ ।
अवे मैदानमा भएको खेलमा लिभरपुल न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । गोलका प्रयासमै सीमित भएको खेलमा गोलरहित बराबरीमा रोकियो लिभरपुल ।
शीर्ष स्थानको लिभरपुलको १६ खेलबाट ३३ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट ३० अंक रहेको छ । १५ खेलबाट १९ अंकसहित न्युक्यासल युनाइटेड १४ औँ स्थानमा पुगेको छ ।












