एजेन्सी। विश्वमा धेरै खतरनाक बाटोहरु छन् । मानिसहरु जोखिमको बाटो पनि यात्रा गर्ने गर्छन् । कुनै पनि महत्वपुर्ण स्थलमा पुग्न मानिसहरु जस्तो सुकै बाटोमा पनि यात्रा गरेर पुग्ने गर्छन् ।
चीनमा माउन्ट हुआंग्शन चीनीयाँ मानिसहरुको लागि धार्मिक स्थल हो । यो चीनमा भएको ५ पवित्र स्थान मध्ये एकमा पर्छ । यो मन्दिरमा दर्शन गर्नको लागि मानिसहरुले ज्यान धरापमा राखेर पुग्ने गर्छन् । माउन्ट हुआंग्शनसम्म जाने बाटो यो विश्वकै सबैभन्दा धेरै खतरनाक बाटो मध्ये एक मानिएको छ ।
माउन्ट हुआंग्शेनबाट तल खसेमा मरेको शव पनि भेटिन सक्दैन । ७ हजार फिट माथि पुल छ । माउन्ट हुआंग्शन पाँच पहाडको भाग हो, जसको आकृति फुल जस्तै देखिन्छ । यो बाटो हिड्नेहरु मध्ये १ सय भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । यति खतरानाक हुँदा पनि पर्यटकहरुको सख्यामा कुनै कमी छैन् । प्रत्येक दिन १०० जना मानिसहरु त्यो बाटो हिड्ने गर्छन् ।








