यो स्थानमा मोटोलाई हेप्ने गरिन्छ

एजेन्सी । शरीरको बढी तौल एक-दुई दिन या महिना दिनको परिणाम होइन, यो लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो। यदि तौल कम गर्नु छ भने, धैर्य गर्नुहोस्। तौल घटाउन समय लाग्छ। केही देशका काम गर्ने स्थानमा मोटोपनलाई लिएर भेदभाव गरिन्छ । त्यस्तै इंग्ल्यान्ड एक राम्रो देशको हिसाबले चिनिने देश हो ।

त्यस देशमा पातला कर्मचारीको तुलनामा मोटा कर्मचारीलाई औसत रुपमा भुक्तान पनि कम गरिन्छ । मोटोपनसँग जोडिएर आएको खबरले मोटा मानिसहरुलाई तनाव हुनसक्छ तर यस प्रकारको भेदभाव चाडै नै सकिनेछ । वास्तवमा बिशेषज्ञहरुले यस विषयमा कानुन बनाएर भेदभाव हटाउन माग गरिरहेका छन्।

हाल मोटापन भएका मानिसहरुले काम नपाउने, पाएपनि दुखले पाउने र बर्खास्तको अधिक जोखिम रहेको छ । पछिल्लो समयमा एक कार्यालयको लागि कर्मचारीको माग गरियो र धेरैले सिवी बुझाए तर आवेदन दिएका मोटा मानिसको निवेदन रद्द गरियो ।

[sidebar name="button post"]