Ad #144479

एजेन्सी । हामीले धेरै महिलाहरु विवाहपछि मोटाउँदै आएको देखेका छौं । प्रायः ‘स्लिम’ बन्न मन पराउने महिलाहरु विवाहपछि एक्कासी मो’टाउने कारणबारे एक अनुसन्धान भएको छ ।

जसले गर्दा उनीहरुको शरीरमा परिवर्तन आउँछन् । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ ।

अनुसन्धानका अनुसार विवाहपछिको परिवर्तित जीवनशैलीले महिलाहरुको शरीरमा हर्मोनले परिवर्तन आउछ जुन मोटोपनको कारण बन्नसक्छ । विवाहपछि बिस्तारै महिलाको उमेरमा पनि वृद्धि हुँदै जान्छ । उमेरको वृद्धिसँगै महिलाको मेटाबोलिजम कम हुन जान्छ र शाररिक रुपमा निष्क्रिय नभएको खण्डमा शरीरमा भएको बोसो पग्लिन सक्दैन र उनीहरुको मोटाइ बढ्न थाल्छ ।

साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । उनीहरुको शरीर एकदमै मोटाउने तथा हिप एकदमै बढ्छ । आखिर बिहेपछि किन यस्तो हुन्छ त रु उनीहरुको नितम्ब किन फुल्छ ? एक सर्वेले के कुराले महिलाको शारीरिक स्वरूपमा परिवर्तन आउँछ ? यसको खोजी गरेको छ ।

बढ्दो उमेर
विवाह सँगसँगै महिलाको उमेर पनि वृद्धि हुँदै जान्छ । उमेरको वृद्धिसँगै महिलाको मेटाबोलिज्म दर कम हुन्छ । यसले फ्याट बर्निङ हुने दर कम हुन्छ र तौल बढ्छ ।

तनाव
विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

हर्मोनल चेन्ज
विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ ।

निन्द्रा नपुग्नु
विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

सोचमा परिवर्तन
मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

दैनिकीमा परिवर्तन
एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।