इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेलेको हो । बराबरीपछि शीर्ष स्थानको लिभरपुलको १५ खेलबाट ३२ अंक भएको छ । पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमको १५ खेलबाट ८ अंक मात्रै भएको छ ।












