किन लाग्छ बारम्बार रिगंटा ? यस्ता गम्भीर रोगको संकेत

एजेन्सी । हाम्रो शरीरलाई सन्तुलन राख्न आँखा, दिमाग, कान, गोडा र मेरुदण्डको नसाले एकसाथ काम गरिरहेको हुन्छ । धेरैले रिंगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछन् । यो मध्ये हुनै एक अंगले काम गर्न छोडेमा चक्कर (रिगंटा) लागेको महसुस हुन्छ ।

तपाईंले पनि रिंगटालाई सामान्य रुपले लिने गर्नु भएको होला ? तर यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउन आवश्यक हुन्छ । कहिलेकाँही यो गम्भीर पनि हुनसक्छ । यदि कसैलाई बारम्बार रिगंटा लाग्न र लड्ने गरेको छ भने ती व्यक्तिलाई गम्भीर रोग लागेको हुनसक्छ ।

यस्ता संकेत
यदि अत्यधिक टाउको दुख्ने, छात्ती दुख्ने, टाउकोमा चोट, उच्च ज्व`रो, मुटुको धड्कन बढ्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने, गला लाग्ने, हेर्न वा बोल्न स`मस्या हुने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस् ।

कारण
एनिमिया रोग भई शरीरमा रगतको कमी हुनु । अत्यधिक शारीरिक या मानसिक थकान हुनु । यो रोग लागेको समयमा लामो समयसम्म कानमा दबाब महसुस हुन्छ । यसका साथै मानिसहरुलाई सुन्नमा समस्या हुने, थकाई लाग्ने गर्छ । रक्तसञ्चार पनि रिगंटा लाग्ने समस्याको कारण हुनसक्छ । मस्तिष्कमा निरन्तर अक्सिजनको आपूर्तिको आवश्यकता हुन्छ । मस्तिष्कसम्म अक्सिजन नपुगेको कारण कारण बेहोश हुने स्थितिको सिर्जना हुन्छ । धेरैजसो मानिसहरु पानी कम पिउने गर्छन् । मधुमेहका रोगीले पानी कम पिउँदा रक्तचाप हुने र रिगंटा लाग्छ । शरीरमा रक्तसञ्चारको कमी हुनु ।

लक्षण
रिंगटा लाग्ने रोगमा प्रायः बिरामीमा देखिने लक्षणहरु निम्नलिखित छन् । शरीर हल्लेको अनुभव हुनु । आँखाको अगाडि अँध्यारो छाउनु । टाउको घुम्नु । आँखा खोल्न नहुनु । अनुहार पहेँलो, फिक्का तथा शरीर चिसो हुनु । कमजोरीको अनुभव हुनु । चक्कर लागेर लड्नु । शरीरमा शून्यता महसुस हुनुका साथै उल्टी आउनु ।बोल्नमा कठिनाइ हुनुरइसाराले संकेत दिनु । कानमा एक किसिमको आवाज आउनु ।

[sidebar name="button post"]