काठमाडौं। यो मौसममा प्राय सबै मानिसको लागि घामको न्यानो सबैलाई प्रिय लाग्छ । तर, कतिपय व्यस्तताको कारण घाममा बस्न पाउँदैनन् । पानी एक प्राकृतिक औषधी हो र यसले विभिन्न रोगहरूलाई निर्मूल गर्न मद्दत गर्दछ। सामान्यतया मनतातो पानी भन्नाले न चिसो न तातो जसलाई सजिलै सँग मानिसले पिउन सक्छन् ।
यसले पाचन सुधार गर्नुका साथै, कब्जियतको समस्यालाई पनि निर्मूल गरी शरीर लाइ आराम महसुस गराउँदछ। त्यसै गरी मनतातो पानी जाडो मौसममा मात्र नभएर यो हरेक मौसमका लागी लाभदायक छ। अध्ययन अनुसार मनतातो पानीले केही हद सम्म शारीरिक दुखाइहरू समेतलाई कम गर्ने गर्दछ। बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा १० गिलास पानी पिउनुस् ।
रुघा खोकीलाई टाढा राख्ने
चिसो मौसममा प्राय: मानिसहरूलाई रुघा खोकी लाग्ने गर्दछ। दैनिक मनतातो पानीको सेवनले जाडो मौसममा हुने सम्पूर्ण भाइरल तथा सङ्क्रमणहरूलाई टाढा राख्दछ।
मोटोपन घटाउने
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।
भोक बढाउने
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।
रोग हटाउने
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।
पेट सफा
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।
छाला चम्किलो
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।
अनावश्यक तौल घटाउन मद्दत गर्दछ
जाडो मौसममा मानिसहरू प्राय: चिल्लो, पिरो, फ्राइड तथा अन्य परिकारका खानाहरू सेवन गर्ने गर्दछन् र यी खानाहरू चिसो मौसममा पच्ने पनि गर्दछन्।











