१० पुष, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको कारणबारे लिखित जवाफ पेश गर्न विपक्षी राष्ट्रपतिको कार्यालय र सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकान्तरलाई जानकारी दिए।
[sidebar name="button post"]









