१० पुष, काठमडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा सुनुवाई शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमथि सुनुवाई शुरु भएको हो ।
अहिले रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखिरहेका छन् । अधिवक्ता सन्तोष भण्डारी, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, शालिकराम सापकोटा, दिनेश त्रिपाठी, दीपक राई, अमिता गौतम पौडेल, लोकेन्द्रबहादुर ओली, मणिराम उपाध्याय र तुलसी सिंखडाको रिटमा सुनुवाई भइरहेको छ ।
[sidebar name="button post"]









