चिया पिउनुको असर रक्सी पिउनु जतीकै घातक

एजेन्सी । चिया चिसोको समयमा सबैलाई मन पर्छ । प्राय चियाको लतमा रहेकाहरुलाई समय–समयमा चिया खान मन लाग्छ। अझै पानी परेको वा जाडोको समयमा झन धेरै चिया खाइन्छ। चिया खादा तातो महसुस हुन्छ। नेपालीहरुको सभ्याता नै चिया बनेको छ।

एक त जाडो मौसम त्यसमाथि पानी परेको छ । जसले गर्दा बाहिरको मौसम निकै चिसो छ । चिसोको समयमा मानिसहरु घरबाहिर निस्कन असहज मान्छन् । तर चियाले पारिवारीक, सामाजिक र साथीभाइबीचको सम्बन्धमा निकटता ल्याएपनि स्वास्थ्यका लागि भने निकै हानिकारक छ।

चिया अत्याधिक पीउदा दाँत र आँखा सम्बन्धि रोगको पनि जोखिम हुन्छ । योगगुरु स्वामी रामदेवका अनुसार एक पटक चिया पीउदा हाम्रो कलेजोका कोमल गन्थीकाे लगभग ५० कोषहरु निष्क्रीय हुन्छ । यस्तै चिया पिउनु रक्ती पिउनु जस्तै खतरनाक हो । चियामा पाइने ती तत्व स्वास्थ्यका लागि हानिकारक

टेनिन
टेनिनि नामक तत्वको प्रभाव रक्सीको जस्तै मिल्दोजुल्दो हुन्छ । यसले पाचन प्रणालीलाई पनि कमजोर बनाउछ । यसले निद्रालाई समेत प्रभाव पार्छ ।

थिन
चिया पिउँदा हामीलाई आनन्दको अनुभुती भएजस्तो लाग्छ । तर त्यो आनन्द होइन थिन नामक तत्वको प्रभाव हो । थिनको प्रभावले हाम्रो शरीरको ज्ञान तन्तुहरुको संगठनमा विषालु प्रभाव पार्छ ।

क्याफिन
चियामा पाइने क्याफिन एउटा खतरनाक तत्व हो । यसको असर रक्सी तथा तम्बाखुमा हुने निकोटिनको जस्तै क्याफिनले मुटुको धड्कन बन्द गराउन समेत सक्छ । त्यसको असरले जोर्नी दुख्ने, मिर्गौलामा खराबी आउने, मुटु सम्बन्धी रोग लाग्ने सम्भावन हुन्छ ।

चियाको विकल्प के ?
तपाईलाई चिया खाने बानी परिसकेको छ । त्यसैले चिया दिनका थोरै मात्रामा पिउने गरौं । साथै चियाको सट्टामा कागती पानी पिउन् बानी गर्नु उपयुक्त हुन्छ ।

[sidebar name="button post"]