एजेन्सी । केहि दिनयता जाडो ह्वात्तै बढेपछि देशभर जनजीवन प्रभावित भएका विवरणहरू आएका छन्। यस्तो अवस्थामा विरामी र वृद्धहरूलाई हृदयाघात हुने संभावना बढी हुने चिकित्सकहरू बताउँछन्।
गर्मीमा भन्दा चिसो मौसममा मुटु रोगका बिरामी ३० प्रतिशतले बढ्ने चिकित्सक बताउँछन् । यति मात्र होइन, निको भइसकेका मुटु रोग पनि यो समयमा बल्झिने खतरा रहन्छ । चिसो मौसममा विशेष सर्तकता अपनाउन चिकित्सकहरु मुटु रोगीलाई सुझाव दिन्छन् ।
रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयाघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयाघात हुने सम्भावनालाई कम गर्न सकिन्छ ।
यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ । मासु, दूधबाट बनेका पदार्थ तथा अण्डाको पहँेलो भाग यसका प्रमुख स्रोत हुन् ।
गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटु रोगसम्बन्धी जोखिममा बढी रहने उनीहरूको भनाइ छ। रक्तचाप कहिले धेरै कहिले कम हुने समस्या जाडो बेला बढी हुन्छ।
चिकित्सकको सुझाव
दम, खोकी र मुटु रोग फरक भएपनि दम र खोकी पछि गएर मुटु रोगमा परिणत हुने भएकाले सतर्कता अपनाउनु जरुरी छ । किनभने जाडो मौसममा मुटु रोगका बिरामी ३० प्रतिशतले बढ्छन् । चीसो मौसममा हात–खुट्टा, छाती र टाउकोलाई न्यानो बनाएर राख्न तथा तातो झोलिलो पदार्थ खन्नु ।
तातो पानी पिउँदा पनि फाइदा हुन्छ । यसले शरीरलाई तातो बनाइ राख्न मद्दत गर्छ । कपितयले शरीर तताउन भन्दै रक्सी खाने गर्छन, रक्सी खाएर शरीर तात्दैन बरु उल्दै शरीरको तातो बाहिर निक्लिएर झन् चिसो पार्ने काम गर्छ।








