Ad #144479

एजेन्सी । गर्भवती महिलाहरु पेटमा बच्चा बसेको समयमा निकै सावधानी अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना हुन्छ । गर्भवती भएको समयमा डाक्टर महिलालाई कैयौं बस्तु खानबाट टाढै रहनका लागि सल्लाह दिन्छन् ।

चकलेट पनि एक यस्तो बस्तुमा समावेश छ , जसमा फ्याट, सुगर तथा क्याफिन आमा बच्चाको स्वास्थ्यका लागि नोक्सानी पुर्याउने बस्तु हुने गरेको छ । तर एक नयाँ शोधले गर्भावस्थाको समयमा चकलेटले कैयौं स्वास्थ्य सम्बन्धि समस्या कम गर्न सकिने देखाएको छ ।

चकलेटका यस्ता फाइदा

आइरन र म्याग्नेसियमले पर्याप्त

चकलेटमा पर्याप्त मात्रामा म्याग्नेसियम तथा आइरन हुन्छ । जसका कारण महिलाको शरीरमा रगतको कमी हुदैन ।

२. तनावबाट छुटकरा
यसले ब्लड प्रेशरलाई मेन्टेन गर्नुका साथै तनावको लेभल पनि कम गर्छ ।

३. ब्लड सर्कुलेसनन ठीक हुन्छ
कोकोबाट बनेको चकलेट खानाले सबैभन्दा पहिला यसले शरीरमा रक्त संचार ठीक बनाउँछ।

४. मुटुको बिमारीबाट मुक्ति
गर्भावस्थाको समयमा चकलेट खानाले मुटुलाई बलियो बनाउँछ । जसले धेरै मानिसलाई मुटुसँग जोडिएको बिमारी ठिक हुन्छ ।
५. कोलेस्ट्रोलको मात्रा घटाउँछ
डार्क चकलेटमा चिनि तथा बोसोको मात्रा अत्यन्त कम हुनाले यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर राख्छ ।