६ पुस, काठमाडौं । नेपाली राजदूतावास कुवेतकी श्रमसहचारी विपना ज्ञवालीको गत शुक्रवार मृत्यु भएको छ।
ब्लड क्यान्सरको कारण उनले अल्पाआयुमै ज्यान गुमाएकी हुन्। कुवेतका लागि नेपाली श्रम सहचारी विपना ज्ञवालीको पार्थिव शरीर आज (आइतबार ) विहान नेपाल पुगेको छ ।
ज्ञवालीको शव उनका दाजु र दिदीको साथमा कुवेतको जजिरा एयरलाइन्समार्फत नेपाल पठाइएको नेपाली दूतावास श्रोतले बताएको छ ।
दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत ज्ञवालीको निधन प्रति दुःख व्यक्त गर्दै दूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीको परीवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

[sidebar name="button post"]











