५ पुस, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।
वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु भएको छ भने यससँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २३ हजार ४०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ । १ करोड ८९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
अमेरिकामा संक्रमितको संख्या १ करोड ८० लाख ७७ हजार ७६८ पुगेको छ भने संक्रमितमध्ये अहिलेसम्म १ करोड ५ लाख ४५ हजार ४४५ जना संक्रमणमुक्त भएका वर्ल्डोमिटर्सले जनाएको छ ।












