Ad #144479

४ पुस, काठमाडौं। आफ्नै प्रेमिकालाई सामाजिक सञ्जाल फेसबुकको फेक आईडी बनाएर ७० लाख माग्ने एक जना पक्राउ परेका छन्।

काठमाडौंकी २४ वर्षीया महालक्ष्मी (परिवर्तित नाम) सम्पन्न परिवारको सदस्य हुन् । डेढ वर्षअघि बुढानीलकण्ठका ३३ वर्षीय सुमन रेग्मीसँग भएको उनको चिनजान सामाजिक सञ्जालबाट झागिँदै गएर प्रेम सम्बन्धमा परिणत भएको थियो ।

काठमाडौंको गोल्फूटारमा लिभिङ टुगेदरमा रहेकी किशोरीलाई उनकै प्रेमी सुमन रेग्मीले फेसबुकमा फेक आईडी बनाएर बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका हुन्।

नेपाल प्रहरीको साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने केन्द्रीय साइबर ब्युरोले मोरङको विराटनगर घर भई राजधानीको गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो।

ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार रेग्मीले लामो समयदेखि लिभिङ टुगेदरमा रहेकी किशोरीलाई नक्कली फेसबुक आईडी बनाएर ‘आफुसँग उनको अर्ध नग्न तस्बिर रहेको र ७० लाख रुपैयाँ नदिए बाहिर ल्याउने’ धम्की दिदै धम्क्याएका थिए।

प्रहरीका अनुसार तस्बिर बाहिरिने डरमा ती महिलाले ७० लाख रुपैयाँ दिइसकेकी थिइन्। सँगै बस्ने क्रममा रेग्मीले ती महिलाका अर्धनग्न तस्विर खिचेर राखेको प्रहरीले जनाएको छ।