Ad #144479

एजेन्सी। आजकल मानिसहरुमा रहने गरेको गलत दिनचर्या, खराब खानपान र तन्नेरी उमेरमा मानिसहरु स्वत: राम्रो देखिन्छन् । अनावश्यक सोच तथा चिन्तनले हामीलाई बुढो पार्दछ । ब्यस्तता तथा शारीरिक ब्यायामको अभावमा उमेरभन्दा बुढो देखिने गर्दछन् ।

बुढो हुनु स्वभाविक जीवन प्रकृया भएपनि गलत खानपान र जीवनशैलीका कारण आजकल कतिपय मानिसहरु उमेर नपुग्दै बुढो देखिन्छन् ।

उमेर बढ्दै जाँदा छालामा आउने रुखोपन र फिक्कापनले मानिसलाई बुढ्यौलीतर्फ लाने गर्दछ । अझ बुढेसकाल लाग्दै जाँदा छाला चाउरी पर्छ । मानिस सदैव एउटै उमेरमा रहन सक्दैन, यो प्राकृतिक प्रक्रिया हो । तर, कतिपय अवस्थामा भने मानिसको उमेर नपुग्दै बुढ्यौलीपना देखापर्छ ।

धुम्रपान
धुम्रपान कुनै पनि हालतमा शरीरका लागी फाइदाजनक हुदैन । यसले रगतलाई चोक्टा चोक्टा बनाउँछ । यसले फोक्सो देखि मस्तिष्कसम्म असर पार्दछ । रगतको प्लेटलेट्स पनि नष्ट पार्दछ ।

खाना
आजकल मानिसहरुमा सहि समय, सहि मात्रा र स्वथ्यकर खाना नखाइदिदा यसले शरीरलाई उमेर नपुगी बुढो पार्ने गर्दछ । गलत खानाको असर मुटुमा पर्न जान्छ र यसले बिस्तारै शरीर गाज्दै लान्छ ।

बढि आराम
बढ्दो प्रविधि, शहरीकरण र यातायात सुविधाका कारण मानिसहरु हिड्ने वा शरीरलाई परिश्रम हुने काम कम गर्दछन् । लगातार बसेर काम गर्ने, खाने वा आराम गर्ने बानीले शरीरमा क्यालोरी बढाउँछ ।

मदिरा सेवन
मदिरा सेवनले रक्तचाप बढ्छ साथै मुटुलाई प्रभावित पार्दछ । शरीरमा भएको भिटामिन बी र सीलाई समेत मदिराले नष्ट पार्दछ । मदिराले हर्ट अट्याक, स्ट्रोक र उच्च रक्तचाप बढाई उमेर नपुगी मानिसलाई कमजोर र बुढो बनाउँछ ।

व्यायाम
शरीरका लागी बल पर्ने परीश्रम नगर्नेहरुले व्यायामका माध्यमले शरिरलाई फिट बनाउनु पर्दछ । अन्यथा शारीरीक श्रम वा ब्यायामका अभावमा मुटुमा असर पार्ने काम गर्दछ ।

चिन्ता/तनाव
चिन्ता वा तनावले समेत मानिसलाई बुढो देखाउन गर्दछ । यसले मुटुको स्वास्थ्यमा निकै घातक साबित हुन्छ । तनावले रक्तचाप र हानिकारक कोलेस्ट्रोलको मात्रालाई बढाउँछ ।