४ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको विमानले यात्रुलाई पोखरा पुर्याएको छ ।
शुक्रबार अपरान्ह करिब ४ बजे पोखरा विमानस्थलमा बुद्ध एयरको एटीआर ७२ जहाज अवतरण गर्यो । त्यसपछि विमानमा सवार यात्रु तीनछक परे, उनीहरू काठमाडौंबाट जनकपुर जान भनेर विमान चढेका थिए । आफू चढेको जहाज पोखरा अवतरण भएको थाहा पाएपछि उनीहरू अलमलमा परे ।
बुद्ध एयरको उडान नम्बर ६०७ जहाज पोखराका लागि पुर्वनिर्धारित उडान थियो । सोहीकारण दुबै विमानस्थलका कन्ट्रोल टावरले यो जहाजलाई पोखरा उडानको अनुमति दिए ।
जहाज पोखरा विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र यात्रुले आफूहरु जनकपुर नभइ पोखरा आएको पत्तो पाएको पोखरा विमानस्थलका प्रमुख भोला गुरागाइँले जानकारी दिएका छन् ।
निर्धारित समयभन्दा ढिलो गरी उडेको बिमानले किन पोखरामा अवतरण गर्यो यस विषयमा विमान कम्पनीले केही बताएको छैन् ।
‘२ बजे उड्ने भनेको बिमान ३:१५ मा उडेको थियो । पोखरामा आधा घण्टा रोकिएपछि विमान पुनः जनकपुरका लागि उडेको थियो।
तर, जहाजमा पोखरा जाने यात्रु बोर्ड गर्नुपर्ने (चढाउनुपर्ने) मा असावधानीबस जनकपुर जाने यात्रु चढाइयो । फलस्वरूपः पोखरा जाने जहाजमा जनकपुरका यात्रु भरेर उडाइयो ।












