Ad #144479

आजको मुख्य समाचारमा

२४ घण्टा यता कति थपिए नेपालमा कोरोना संक्रमित ?

३ पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।

काठमाण्डौ महानगरपालिकाद्वारा तत्काल विद्यालय पुनः सञ्चालन नगर्न आग्रह

कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने

स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनको समयमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोवास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने एजेन्डा प्राथमिकताका साथ राखेका थिए । निर्वाचनको मुख्य एजेन्डा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितरुपमा बसोबास गर्दै आएकालाई व्यवस्थापनका लागि स्थानीय तहले प्रयास जारी राखेको थियो ।

कोरोना सङ्क्रमितको क्वारेन्टिन रहने समयावधि घट्यो, अब कति दिन बस्नुपर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ ।

कांग्रेसद्वारा अध्यादेश फिर्ता लिन सरकारसँग माग

नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार काठमाडौंको तापक्रम १.६ डिग्री सेल्सियस

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जसले ४ खर्ब ९३ अर्ब रुपैयाँ दान गरिन्

अमेजनका संस्थापक जेफ बेजोससँग एक महँगो सम्बन्धविच्छेदपछि चर्चित भएकी उनकी पूर्व श्रीमती म्याकेन्जी स्कटले सम्पत्ति दान गर्ने मामिलामा नयाँ रेकर्ड कायम गरेकी छिन् ।

सभामुख सापकोटाविरुद्धको मुद्दा पेसीमा

 आठ महिनापछि शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पेसीमा राखिएको छ । सर्वोच्च अदालतले दैनिक पेसी सूचिमा शुक्रबारकालागि सापकोटाविरुद्धको मुद्दा पनि राखिएको छ ।

लक्ष्मण थारू र रेशम चाैधरीसहित ७ जनालाई जन्म कैदकाे सजाय

सांसद रेशम चाैधरीकाे मुद्दामा उच्च अदालत दिपायलले जिल्ला अदालतकाे फैसला सदर गर्दै जन्म कैदको सजाय सुनाएको छ। बिहीबार उच्च अदालत दिपायलले चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालतको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यस अघि घटनाका दोषी भनिएका लक्ष्मण थारुलाइ भने जिल्ला अदालत कैलाली धरौटीमा छोडेको थियो ।

सिरहामा चिसोबाट एक सातामा चारको मृत्यु

केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ ।

चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आज कति छ सुनचाँदीको मूल्य ?

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ८ सयले बढेको छ ।

लेवान्डोस्कीले जिते ‘द बेस्ट फिफा मेन्स प्लेयर’को उपाधि

जर्मन क्लब बायर्न म्युनिखका फर्वाड रोबर्ट लेवान्डोस्कीले ‘द बेस्ट फिफा मेन्स प्लेयर’को उपाधि जितेका छन् । मेस्सी र रोनाल्डोलाई पछि पारेरपोल्याण्डका ३२ वर्षेीय खेलाडी लेवान्डोस्कीले पुरस्कार प्राप्त गरेका हुन् ।

नेकपा संकट समाधानका लागि युवा नेताको सक्रियता

सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् ।प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको विशेष अधिवेशनको मागपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट रोक्न सफल भएका युवा नेताले पार्टीलाई एक राख्न थप सक्रियता देखाउन थालेका छन् ।

चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ ।