२ पुष, काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले बताइन्।
भोलि शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । कांग्रेसले तत्काल संसद बैठक बोलाउन समेत माग गर्दै आएको छ ।












